एमसिसीको पक्षमा सहयोग गर्न सकिन्न : माधव नेपाल

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीको पक्षमा सहयोग गर्न नसक्ने बताएका छन्। अधिकांश जनमत एमसिसीको विपक्षमा भएकाले आफ्नो पार्टीले सहयोग गर्न नसक्ने बताएका हुन् ।  

शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कतिपय कुरा मिलाउन बाँकी रहेकाले यही अवस्थामा सहयोग गर्न नसक्ने बताएका हुन्। एमसिसीबारे सत्यको पक्षमा उभिनेका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पारित गराउन लागेकाले यही अवस्थामा एमसिसीलाई समर्थन गर्न नसक्ने ठोकुवा गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एमसिसीको बारेमा अहिले नेपाली जनता र सतारुढ राजनीतिक दल विभाजित भएकाले एमसिसी पास गर्ने कुरा चुनौतीपूर्ण भएको उल्लेख गरे । नेता नेपालले एमाले अध्यक्ष ओली देश बेचुवाको मण्डले, संस्कार नभएको, कम्युनिस्ट सिद्धान्त र आचरणविपरीत कार्य गर्दै आएका व्यक्ति रहेको आरोप लगाए। 

सुझावित समाचार