दाङको एक घरमा बिहान २ आगलागी, पाँचजनाको शव निकालियो

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ ‘ङ’ लाइनस्थित आगलागी भएको घरमा निसासिएर पाँचजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा पाँचजनाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५-१५ वर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनीहरूको पहिचान हुन बाँकी छ । आगो कम भएपछि साढे ७ बजेतिर शब निकालिएको हो  । तीमध्ये घरको तेस्रो तलाबाट तीनजना र चौथो तलाबाट दुईजनालाई निकालिएको हो ।

पाँचैजनाकाे निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । ‘तेस्रो तलामा रहेकाहरू निसासिएर मृत्यु भएकोजस्तो देखिन्छ,’ प्रहरी भन्यो, ‘चौथो तलामा रहेकाहरू अलिअलि जलेका पनि छन् ।’ इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युतको मिटर पड्किँदा आगलागी भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेको छ ।  पहिलो तलाबाट आगलागी सुरु भएको हो ।

सुझावित समाचार