माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. शेखरबीच भेटवार्ता तय

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक भेटवार्तालाई तीव्र पारेका छन् । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका कोइरालाले बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै छन् । 

प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान ९ बजे भेटघाटको समय तय भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । कोइराला शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए ।

सुझावित समाचार