प्रमुख सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनकेन्द्रित भएर छलफल गर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनकेन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।
स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ ।