प्रतिरोधात्मक क्षमता बढिरहेकाले जनजीवन खुकुलो बनाउँदै लगिएको हो : सहप्रवक्ता अधिकारी

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाउन पछिल्लो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनजीवनलाई सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाउने र अन्य गतिविधिहरू सञ्चालन गर्न दिने निर्णय गरेको बताए।

उनले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए। सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्षमाथिका र १८ वर्षमुनिका बालबालिकाको संख्या अनुमानित ३४ लाख रहेको र तीमध्ये ३० लाख बालबालिकाले खोपको पहिलो मात्रा लगाइसकेका छन्। उनले यो उमेर समूहका बाँकी चार लाख बालबालिकालाई पनि चाँडै खोप उपलब्ध गराउने काम भइरहेको बताए।

अधिकारीले कोरोना संक्रमण भई निको हुनेको संख्या बढिरहेकाले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेकाले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताए।

सुझावित समाचार