जेसिबीको ठक्करबाट नवलपरासीमा एकजनाको मृत्यु

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा जेसिबीको ठक्करबाट एकजनाको ज्यान गएको छ। देवचुली–१३ बोहुना खोलामा रहेको देवचुली– ३ का लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिबीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जेसिबी पार्किङ गर्ने क्रममा क्रसरभित्र क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली–१२ की अन्दाजी ४० वर्षीया निर्मलाकुमारी महतलाई जेसिभीले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका क्रममा बिहीबार साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने जेसिबी प्रहरी नियन्त्रणमा रहेको छ। दुर्घटनापछि फरार भएका जेसिबी चालक देवचुली– ४ का १९ वर्षीय मनबहादुर नेपालीलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको छ। चालकको सवारीचालक अनुमतिपत्रसमेत नरहेको बताइएको छ।

See More On

सुझावित समाचार