एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनकाे तयारीमा जुट्न निर्देशन

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको सचिवालय बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। बुधबार सम्पन्न सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो। साथै बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णयसमेत गरेको छ। 

बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको एमालेले जनाएको छ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरूसमेत मनोनयन गरेको छ। बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझाबसहित पारित गरेको छ।

सुझावित समाचार