काठमाडौं जिल्ला अदालतले सेवा संकुचनको समयलाई \'शून्य अवधि\' मान्ने

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले सेवा संकुचनको समयलाई ‘शून्य अवधि’ मान्ने निर्णय गरेको छ। अदालतले कोरोना संक्रमणका कारण कतिपय सेवा कटौती गर्नुपरेकाले यस अवधिमा   हदम्याद, म्याद र तारेखसमेत नगुज्रने निर्णय गरेको हो।

माघ ५ गते बसेको पूर्ण बैठकले माघ ७ गते राति १२ बजेदेखि अदालतको सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको थियो। अदालतले सेवा संकुचन भएको अवधिमा (माघ १६ सम्म) मुद्दा, रिट तथा निवेदनहरूमा हदम्याद, म्याद र तारेख नगुम्ने जानकारी गराएको हो।

सुझावित समाचार