ललितपुर महानगरपालिका– २७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति आज बिहान चोरी भएको छ। मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेश सभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ।
आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुन सक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। उनका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ। ५–६ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छिन्। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ। रासस
बालकुमारी मन्दिरको पाँच सय वर्षभन्दा पुरानो मूर्ति चोरी
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
४ हप्ता अघि
सुझावित समाचार
वीरगन्ज कारागारबाट एकजना कैदी फरार
वीरगन्ज- वीरगन्ज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । पर्साको पोखरीया नगरपालिका ४ सतरियाका ३० वर्ष…
सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गर्ने दुईजना युवती रूपन्देहीबाट पक्राउ
बुटवल- रूपन्देहीको विभिन्न स्थानमा देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लि…
पोखराको दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
कास्की- कास्की पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२…
मकवानपुरकाे भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ जना घाइते (अपडेट)
दुर्घटनाग्रस्त गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त भएका छन्। कैद …
काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटना, कम्तिमा १० यात्रु गम्भीर
काठमाडौं- काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भएको छ । आज बिहान करिब ५:४५ बजे भएको…