वीरगन्ज- वीरगन्ज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । पर्साको पोखरीया नगरपालिका ४ सतरियाका ३० वर्षीय सुनिल साह तुरहा फरार भएका हुन् ।
कारागारमा कैद भुक्तान गर्दै आएका उनी बिहीबार बिहान ८:४० मा फरार भएको प्रहरीले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको जानकारी दिए ।
बिहान ८:४० बजे एकजना कैदी फरार भएको खबर आएको छ, उनले भने, 'उनी कसरी फरार भए भन्ने बारेमा खोजी तथा अनुसन्धान हुँदै छ ।'