लामो समयदेखि धनुषाको इनरुवा स्टेसनमा थन्क्याएर राखिएको दुवै रेलको इन्जिनलाई शनिबार पुनः परीक्षण गरिएको छ ।
खरिद गरिएको लामो समयपछि एउटै स्थानमा राखिएकाले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एउटै स्थानमा राखिएका रेल इन्जिनलाई ट्रायलका लागि चलाएको बताए ।
खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुवै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटरलगायत खराब भएका थिए । शनिबार कुर्था ल्याउनुअघि दुवै रेलको इन्जिनलाई मर्मत–सम्भार गरिएको महाप्रबन्धक झाले बताए ।