माओवादीका केन्द्रीय सदस्यले लिए शपथ

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन्। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको पहिलो बैठकमा नवनिर्वाचित सदस्य र आयोगका पदाधिकारीले शपथग्रहण गरेका हुन्। 

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले दुई सय ३७ केन्द्रीय सदस्यको नाम पारित गरेको थियो। उनीहरूलाई निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ गराएका हुन्।

सुझावित समाचार