माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । विधान पारित भएसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ। 

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने बताइएको छ।

यस्तो छ निर्वाचन कार्यतालिका

 

सुझावित समाचार