मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलनमा सात विद्यार्थी संगठनको ऐक्यबद्धता

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

संयुक्त विद्यार्थी संगठनले मेडिकल कलेजहरूको लापरबाहीविरुद्ध ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटाैँलगायतका सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मेडिकल कलेजहरूको लापरबाहीप्रति ध्यानाकर्षण भएको बताएका छन् । 

विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै  विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षाका विद्यार्थीको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौँ, अन्यथा विद्यार्थीहरूको पक्षमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नुपर्नेछ ।’ 

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डविपरीत काठमाडौं विश्वविद्यालयका सम्बन्धनप्राप्त मेडिकल कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले ०७८ को नयाँ भर्नामा आफूखुसी नाजायज रूपमा शुल्क लिएकाले विद्यार्थी आन्दोलित छन् । 

सुझावित समाचार