२. संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा
(क) अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा
मानव जातिको विकास र सिर्जनासँग श्रमको अविच्छिन्न सम्बन्ध रहेको हुन्छ भन्ने तथ्य अब विज्ञानको स्वयंसिद्ध तथ्यजत्तिकै स्पष्ट छ । यसका साथै मानव जातिको जीवनयात्राको विकासक्रम पनि श्रम र उत्पादनका उपकरणहरूको विकासक्रमसँग जोडिएको तथ्य पनि वैज्ञानिक रूपले प्रमाणित भएको तथ्य हो । सिकार खेल्नका लागि ढुंगाका हतियारको आविष्कारबाट सुरु भएको श्रमशक्ति र उत्पादन उपकरणको विकास प्रक्रिया आगोको आविष्कार हुँदै आज सेटलाइट र डिजिटल सूचनाको युगसम्म आइपुगेको छ । मानव जातिको इतिहासलाई यसरी उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासक्रमसँग जोडेर हेर्ने कुरा नै ऐतिहासिक भौतिकवादको वैज्ञानिक सारतŒव हो ।
वस्तुतः आदिम साम्यवाददेखि दासयुग, सामन्तवादी युग र पुँजीवादी युगसम्मको यात्रा मात्र होइन, समाजवाद र साम्यवादसम्मको यात्राको आकलन पनि यसै ऐतिहासिक भौतिकवादी विज्ञानका आधारमा गरिएको हो । आज मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगमा छ । श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादका बीचमा साम्राज्यवादी गुटहरूका बीचमा तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचका आधारभूत अन्तरविरोध अहिले पनि कायमै छन् । समग्रतामा आज पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रूपमा रहेको छ । तथापि, पुँजीवादको विकासको अनिवार्य परिणतिका रूपमा आएको साम्राज्यवादको पतन र सर्वहारा क्रान्तिको विजय छिट्टै हुन सक्ने १९औँ शताब्दीको प्रारम्भिक चरणमा जुन आकलन तत्कालीन परिस्थितिमा साम्राज्यवादी गुटहरूका बीचको अन्तरविरोध र मजदुर आन्दोलनको विकासका दृष्टिले गरिएको थियो, त्यो आकलन उही रूपमा अगाडि बढ्न सम्भव भएन । अपितु, साम्राज्यवादी पुँजीवादले नयाँ–नयाँ रूप धारण गर्दै आफ्नो आयु लम्ब्याई नै रहेको छ । आफ्नो विकासको प्रारम्भिक चरणमा प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादका रूपमा देखिएको पुँजीवाला चरणमा साम्राज्यवाद अर्थात् एकाधिकार पुँजीवादको रूप धारण ग¥यो भने अहिले पर चरणमा यो भू–मण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादका रूपमा प्रकट भइरहेको छ ।
पुँजीवादका विरुद्ध समाजवादको संघर्षका दृष्टिले हेर्दा पहिलो चरणमा यो ऐतिहासिक भौतिकवादका रूपमा वैज्ञानिक समाजवादको विचार संश्लेषणको रह्यो । यो विचार संश्लेषण कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले प्रकृति, समाज र मानव जातिको गहिरो अध्ययन र अठारौँ शताब्दीमा तत्कालीन युरोपमा विकसित भइरहेको औद्योगिक पुँजीवादका विरुद्धको मजदुर आन्दोलनसमेतको जगमा उभिएर गरिएको थियो । पँुजीवादका विरुद्ध समाजवादको विजयका लागि माक्र्सवादका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विज्ञानको आविष्कार एउटा यस्तो युगान्तकारी आविष्कार हो, जसले श्रमिक वर्ग र मानव जातिकै लागि समाजवाद र साम्यवादको स्वर्णिम भविष्यका निमित्त संघर्षको दिशानिर्देश गर्ने वैज्ञानिक हतियार प्रदान ग¥यो । दोस्रो चरणमा समाजवाद, साम्राज्यवादी पुँजीवादका विरुद्ध वैचारिक, राजनीतिक एवं ठोस वर्गसंघर्षका दृष्टिले समेत निकै आक्रमण र विजयउन्मुख अवस्थामा देखा प¥यो । विभिन्न साम्राज्यवादी गुटहरू आ–आफ्नो पुँजीवादी स्वार्थका लागि पहिलो र दोस्रो विश्वयुद्धमा होमिएर करोडौँ मानिसहरूको संहार गरिएको त्यो परिस्थितिमा कमरेड लेनिनद्वारा साम्राज्यवादी पुँजीवाद निहित अन्तरविरोधको गहन अध्ययनसहित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगबारे नयाँ विचारधारात्मक संश्लेषण प्रस्तुत गरियो । माक्र्सवादका आधारभूत सिद्धान्तको निर्देशन एवं १९औँ शताब्दीको पहिलो चरणसम्म विकसित वर्गसंघर्ष एवं विज्ञानको विकाससमेतको गहन विश्लेषण र संश्लेषणका आधारमा पहिलो विश्वयुद्धका बीचमा कमरेड लेनिनकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल भयो । लेनिनवादका रूपमा स्थापित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगसम्बन्धी नयाँ विचार संश्लेषणले विश्वभरि क्रान्तिका लागि नयाँ आधार र ऊर्जा प्रदान ग¥यो । लेनिनले विकसित पुँजीवादी देशहरूका लागि मात्र होइन, अविकसित किसानबहुल एवं उपनिवेशवादको सिकार रहेका देशहरूका निमित्त समेत पुँजीवादी जनवादी क्रान्ति र समाजवादी क्रान्ति अगाडि बढाउने सन्दर्भमा ऐतिहासिक महत्वका सैद्धान्तिक प्रस्तावनाहरू अगाडि सार्नुभयो ।
माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तको निर्देशन एवं दोस्रो विश्वयुद्धको विशिष्ट परिस्थितिमा कमरेड माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न ग¥यो र लगत्तै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्यो । उपनिवेशवाद र सामन्ती उत्पीडनको सिकार रहेका विशाल ग्रामीण इलाकाहरूका किसानलाई मजदुर वर्गको नेतृत्वमा क्रान्तिमा सामेल गराएर कमरेड माओको नेतृत्वमा सफल भएको चिनियाँ क्रान्तिले समाजवादको पक्षमा ल्याउन ठूलो योगदान ग¥यो । यससँगै पूर्वी युरोपका समाजवादी देशहरू एवं कोरिया, क्युबा, भियतनामलगायतका देशहरूको क्रान्तिको सफलताले नयाँ शक्तिसन्तुलनको स्थितिलाई स्पष्ट गर्दछ ।
उपरोक्त परिस्थितिमा प्रत्यक्ष वर्गसंघर्षबाट समाजवादको विजय अभियानलाई रोक्न असमर्थ र असम्भव भएपछि पुँजीवादले मजदुर आन्दोलनमा फुट पार्ने तथा कम्युनिस्ट पार्टीभित्रै आफ्ना दलाल तयार पार्ने षड्यन्त्रलाई पूरै शक्तिका साथ र नियोजित रूपमा अगाडि बढाउनुका साथै आ–आफ्ना देशमा सम्भावित क्रान्ति रोक्न समाजवादका कैयौँ लोकप्रिय योजना आफैँ लागू गर्ने कामसमेत गर्न थाले । रुसमा लेनिनको अवसानपछि समाजवाद निर्माणको सन्दर्भमा कमरेड स्टालिनबाट हुन गएका वर्गसंघर्ष र वैचारिक संघर्षका बीचको सम्बन्धका विषयमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादसँग मेल नखाने मनोगत र अधिभूतवादी कतिपय कमजोरीका कारण पनि पार्टीभित्र गलत तŒव लुकेर बस्ने अवसर प्राप्त गरेको देखिन्छ । कमरेड स्टालिनको अवसानपछि ती लुकेर बसेका अवसरवादीहरूले समाजवाद र कम्युनिस्ट पार्टीलाई आवरणका रूपमा प्रयोग गरेर पुँजीवादी प्रतिक्रान्तिको अभ्यास सुरु गरे ।
रुसमा देखिएको प्रतिक्रान्तिको अनुभवसमेतलाई गहिरो अध्ययन गरी कमरेड माओले समाजवादी चरणमा वर्गसंघर्षको स्थितिबारे गम्भीर विश्लेषण गर्नुभयो । रुसमा पुँजीवादको पुनस्र्थापनासँगै आफ्नै पार्टीभित्र देखा परेका गलत विचार र प्रवृत्तिका विरुद्ध संघर्षसमेतको संश्लेषण गर्दै समाजवादमा वर्गसंघर्ष र क्रान्तिको निरन्तरतासम्बन्धी महŒवपूर्ण सैद्धान्तिक प्रस्तावनाहरू अघि सार्नुभयो । यसरी कमरेड माओका योगदानकै कारण माक्र्सवाद–लेनिनवाद, मालेमावादमा विकसित हुन पुग्यो ।
उपरोक्त ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिमा आजको कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि कमरेड माओको निधनपश्चात् सोभियत संघ र पूर्वी युरोपका देशहरूमा कथित समाजवादको औपचारिक विघटन एवं भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको हमलासमेतका कारण रक्षात्मक स्थितिमा धकेलिएको समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने अहम् प्रश्न रहेको छ । मा.ले.मा. को सैद्धान्तिक दिशा निर्देशनमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विशेषताहरू, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुवादी विश्लेषणका आधारमा आजको कम्युनिस्ट क्रान्तिकारीहरूले नयाँ चरणको समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास र परिमार्जन गर्न अनिवार्य छ ।
अर्को भाषामा प्रतिक्रान्तिका अनुभवसहित माक्र्सवादको सिर्जनात्मक विकास र परिमार्जन आवश्यक छ । प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादको चरणमा बैंक र वित्तीय संस्था भूमिका उत्पादनका निमित्त पुँजी लगानी गर्ने सहयोगी संस्थाहरूमा भूमण्डलीकृत वित्तीय पुँजीवादको चरणमा बैंक र वित्तीय संस्थाहरूको त्यो भूमिकामा परिवर्तन आएको छ । पुँजीपतिहरूको हातमा अत्यधिक केन्द्रीकरण भएको अत्यधिक पुँजीलाई उत्पादनको क्षेत्रमा नभई मुख्यतः वित्तीय क्षेत्रमा लगानी गरी छोटो समयमा अत्यधिक मुनाफा लिनु नै वित्तीय पुँजीवादको प्रमुख विशेषता हो । उत्पादनको क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा–माल–मुद्राको स्थान अब मुद्रा लगानी गरेर सीधै मुद्रै कमाउने प्रक्रियाले लिएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायतले पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरूको आमचरित्र बनेको छ । उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् । वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो । उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद–बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन् । यस सन्दर्भमा नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठसंख्या ३ मा निम्न निष्कर्ष यहाँ सान्दर्भिक छ, ‘मुठ्ठीभर पुँजीवादी घरानाहरूका हातमा पुँजीको अत्यधिक संकेन्द्रण, वित्तीय एकाधिकार पुँजीमार्फत नवऔपनिवेशिक शोषण, विश्व वित्तीय संस्थाहरू र बहुराष्ट्रिय निगमहरूमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास, नवउदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवं विश्वलाई पुँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रूपमा रहेका छन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत विश्वव्यापी रूपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चस्व कायम गर्ने प्रयास भइरहेको छ । औद्योगिक तयारी वस्तुहरूको निर्यातभन्दा पनि वित्तीय पुँजीको निर्यातमा जोड दिँदै बहराष्ट्रिय निगमहरूमार्फत विश्वव्यापी वित्तीय एकाधिकार कायम गर्ने प्रयास भइरहेको छ । अर्थतन्त्रको निर्धारक तŒव खुला बजारलाई बनाउँदै राज्यलाई नियमनकारी संस्थाको रूपमा सीमित गर्न खोजिएको छ । सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङमार्फत श्रमजीवी वर्गलाई विभाजित, असुरक्षित र पराश्रित बनाइएको छ । विज्ञान र प्रविधिमार्फत विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता वञ्चित छन् । आजको विश्व वित्तीय पुँजीवादले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूका माध्यमबाट वित्तीय एकाधिकारका दलालहरूको सञ्जाल तयार गरी नयाँ प्रकारको नवऔपनिवेशिक प्रणाली थोपर्ने प्रयास गरिरहेको छ ।
‘पुँजीवाद र साम्राज्यवादको नवीनतम् अभिव्यक्तिका रूपमा विश्व वित्तीय पुँजीवादले विश्व श्रमिक समुदाय र उत्पीडित राष्ट्रहरूमाथि शोषणका नयाँ र सूक्ष्म रूपहरू थोपरिरहेको छ ।’ (नेकपा राजनीतिक प्रतिवेदन, पृष्ठ संख्या– ३)
भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादलाई सही साबित गर्न पुँजीवादी विचारकहरूले नवउदारवादको नीति अघि सारेका छन् । प्रत्यक्ष हस्तक्षेपको परिणाम राम्रो नहुने अनुभव दुई विश्वयुद्धबाट हासिल गरेका विभिन्न साम्राज्यवादी गुटहरूले अप्रत्यक्ष हस्तक्षेप नै उपयुक्त हुने निष्कर्ष निकाले । त्यसअनुसार आपसमा मिलेर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरिब देशहरूको दोहन गर्ने नीति लिन थाले । निजीकरण र उदारीकरणको पक्षपोषण गर्ने नवउदारवादलाई यो सन्दर्भमा साम्राज्यवादले आफ्नो हतियारका रूपमा प्रयोग गरिरहेको छ । नवउदारवादी अर्थशास्त्रीहरूले सूचना, सञ्चार, यातायातमा भएको अभूतपूर्व विकासले विश्वका देशहरूलाई यसरी जोडेको छ कि अब राष्ट्रियताको घेराभित्र खुम्चिएर एक्लै अर्थतन्त्रको विकास गर्न सकिँदैन, प्रत्येक देशले आफूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्दछ, उदारवादी अर्थनीति अपनाउनुपर्दछ र सिमानाका बारबन्देज भत्काएर निर्बाध रूपमा पुँजी र मालसामान आवत–जावत गर्न दिनुपर्दछ’ भन्ने गर्दछन् ।
आश्चर्य त के छ भने यस्तो प्रचार गर्ने पुँजीवादी देशहरू स्वयं भने त्यो नीति लागू गर्दैनन् । आफ्ना लागि त उनीहरू संरक्षणवादको आडमा देशको अर्थतन्त्र अझ बलियो बनाउने काममा लागिपरेका छन् । निजीकरण र उदारीकरणको कुरा त केवल विश्वका गरिब देशहरूको अपार प्राकृतिक स्रोत र सस्तो श्रमशक्तिको दोहन गर्ने प्रयोग गरिएको केमोल्फज मात्र हो । वस्तुतः आज विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, नाटोजस्ता संयन्त्रका सञ्चालक सबैमा विश्वका ठुल्ठूला एकाधिकार पुँजीपतिहरू नै रहेका छन् ।
सूचना, सञ्चार र यातायातमा भएको विकासलाई वित्तीय पुँजीवादले उत्पादनलाई विकेन्द्रीकृत रूपमा जहाँ सस्तो श्रम र साधन उपलब्ध हुन्छ, त्यहीँ गर्ने गरेको छ । नेटवर्क र साइबरको विकासले गर्दा बहुराष्ट्रिय कम्पनीहरूले एउटा वस्तुको उत्पादन एकै ठाउँमा नगरी एउटा ब्रान्ड र मोडेलका मालसामान विश्वका विभिन्न ठाउँमा गर्न थालेका छन् । आजभोलि त कम्पनीहरूले विभिन्न देशका साना कम्पनीहरूलाई एउटै सामानका अलग पाटपुर्जा उत्पादन गर्न लगाई अर्कै एक ठाउँमा जोडजाड गरेर बजारमा पठाउने काम पनि गर्न थालेका छन् । उत्पादन लागत घटाउन र बजारको सुनिश्चितताका लागि यसो गर्ने गरिएको छ । वित्तीय पुँजीवादअन्तर्गत उपरोक्त प्रक्रियाबाट पुँजीको चरम केन्द्रीकरण भयो । पुँजीको यो चरम केन्द्रीकरणबाट उत्साहित भएका पुँजीवादी अर्थशास्त्रीहरूले अब पुँजीवादको विश्वव्यापी अभियानलाई रोक्ने कुनै तागत छैन, पुँजीको बाटोमा असर बन्देजहरू भत्काइएको निकै होहल्ला गरे । विज्ञान र प्रविधिमा भएको विकासलाई उदारवादी पुँजीवादका प्रवक्ताहरूले भूमण्डलीकृत पुँजीवादको अर्थात् आजको सन्दर्भमा वित्तीय एकाधिकार पुँजीवादको औचित्य पुष्टिको प्रमाणका रूपमा प्रस्तुत गर्ने कोशिष गरिरहेका छन् । जब कि वास्तविक धरातलमा भने विज्ञान प्रविधि मुख्यतः सूचना, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले धनी र गरिबका बीचको खाडललाई विश्वव्यापी रूपमा चर्काएर विश्व समाजवादी क्रान्तिको वस्तुगत आधारलाई नै बलियो पारिरहेको छ ।
नवउदारवादीहरूको प्रचारबाजी चलिरहँदा पुँजी बजारमा अन्तर्निहित अन्तरविरोधका कारण वित्तीय पुँजीवादको कथित सुधार भयानक संकटका रूपमा विस्फोट भयो । पुँजीको अत्यधिक केन्द्रीकरण, अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्तिराष्ट्र एवं बहुराष्ट्रिय निगमहरूका बीचमा नाफाका लागि हानथाप आदि कारणले पुँजीवादी अर्थशास्त्रीहरूले ‘रामवाण’का रूपमा प्रचार गरेको निजीकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा खुस्कियो । विश्वमा पहिला कहिल्यै नदेखिएको आर्थिक मन्दीको चपेटामा स्वयं साम्राज्यवादी देशहरू नै पर्न गए । सन् २००८ बाट सुरु भएको विश्वव्यापी आर्थिक मन्दीबाट पश्चिमका कतिपय मुलुकहरू अझै बाहिर निस्कन सकेका छैनन् । कैयौँ वित्तीय संस्था, घरजग्गा कारोबार (रियल इस्टेट) कम्पनीहरू, उद्योगहरू टाट पल्टिएका छन् । संकटकै कारण कतिपय मुलुकमा सरकार परिवर्तन भएका छन् । राज्यले अर्बौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्धार गर्न खोजे पनि समस्या कायमै छ । सीमित पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारले मितव्ययिताका नाममा सुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षामा नियन्त्रण र मजदुर तथा कर्मचारीहरूको निष्कासनले गम्भीर सामाजिक समस्या उत्पन्न गर्दै लगेको छ ।’ (नेकपाको राजनीतिक प्रतिवेदन, पृष्ठसंख्या–५)
यो आर्थिक संकटसँगै विश्वव्यापी रूपमा आर्थिक, सामाजिक समस्याका विरुद्ध विभिन्न स्वरूपका आन्दोलनहरू भएका छन् । स्वयं संयुक्त राज्य अमेरिकामा नै ’वाल स्ट्रिट कब्जा गर’, ‘पुँजीवाद संकटमा छ’ भन्ने नारा घन्किए । त्यो आन्दोलन दर्जनौँ पुँजीवादी देशका झन्डै नौ सय सहरमा फैलियो । स्कुल कलेजका हजारौँ छात्रछात्राहरू आन्दोलनमा सरिक भए । यो संकटसँगै तथाकथित एकध्रुवीय विश्वको साम्राज्यवादी सपना पूरा नहुने यथार्थ स्पष्ट भएको छ । विश्व झन् तीव्रतामा बहुध्रुवीय बन्दै गएको छ । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ । बाइडेन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशताको लडाइँको रूपमा लिएको छ । रक्षा मन्त्रालयको समीक्षामा लेखिएको छ, ‘हिन्द प्रशान्त क्षेत्रमा साझेदार र सहयोगीहरूसँग थप सहकार्य गर्न निर्देशन दिएको छ’ भन्ने छ ।
हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अमेरिका विशेष सैन्य साझेदारी गर्नका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सदर गर्ने योजना बनाएको छ । आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सदृढ गर्नका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरूलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन ।
आज विशुद्ध पुँजीवादी मुनाफाका लागि अन्धाधुन्ध खोलिएका कलकारखानाबाट निस्किने धुवाँले व्यापक मात्रामा वायुमण्डललाई प्रदूषित गरेको छ । आधुनिक खेतीका नाममा प्रयोग गरिएका जैविक इन्धनबाट चल्ने मेसिनहरूको प्रयोग, रासायनिक मल, कीटनाशक औषधिको प्रयोग आदिले समेत वातावरणलाई प्रदूषित गर्दै वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन गरिरहेका छन् । वनविनाशको प्रक्रिया अनियन्त्रित छ । यातायातका साधनहरूको प्रयोगबाट निस्किने कार्बनसमेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । चौतर्फी पर्यावरण विनाशको प्रक्रियाका कारण भइरहेको तापक्रममा वृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ । जमिनको मरुभूमीकरण बढ्दो छ, पिउने पानीका मुहानहरू सुक्दै छन्, महासागरमा पानीको तापक्रम पनि बढ्दो छ, प्रकृतिका वरदान कैयौँ जडीबुटी, स्थानीय नश्लका जीवजन्तु र महासागरका कैयौँ प्राणीहरू लोप हुँदै गएका छन् । तापक्रम वृद्धिको असरले अन्टार्कटिका र ग्रिनल्यान्डमा रहेका बरफका तहहरू पग्लँदै गएर सामुद्रिक सतह बढ्न थालेको छ, जसले गर्दा समुद्रको किनारमा रहेका देशहरू डुब्ने खतरा उत्पन्न भएको छ । हिमालय पर्वत शृंखलाबाट हिउँ पग्लने प्रक्रियाको कारण यसका वरिपरि रहेका देशहरूको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन भएर प्रकृति, जीवजन्तु र मानिसहरूकै भविष्य खतरामा परिरहेको छ ।
सीधा र स्पष्ट छ कि प्रकृति र मानव जातिमाथि देखा पर्दै र बढ्दै गएका उपरोक्त प्रकारका संकटहरूको प्रमुख कारण पुँजीवादको उत्पादन र वितरण प्रणाली नै हो । पुँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो । यो प्रणालीले उत्पादन प्रक्रियामा प्रकृति, समाज र मानव जातिलाई हुने हानि नोक्सानीबारे हिसाब गरेर योजनाबद्ध विकासमा होइन, नाफाका निमित्त मात्र अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट आइपरेको छ । अतः आज कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक शक्तिहरूले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने र साम्राज्यवादी उत्पादनविरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने र विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्दछ ।
उपरोक्त विश्लेषणबाट निस्किने निम्न निष्कर्षलाई गम्भीरतापूर्वक आत्मसात् गरी अगाडि बढ्ने नयाँ संकल्प लिनु आजका कम्युनिस्ट क्रान्तिकारीहरूको ऐतिहासिक दायित्व हो ।
(क) भूमण्डलीकृत सामाज्यवाद र वित्तीय पुँजीवादीको र प्रकृति र मानव जातिको हितविरोधी चरित्रको व्यापक खण्डन, आलोचना र भण्डाफोर गर्दै २१औँ शताब्दीमा नयाँ समाजवादी क्रान्तिको अनिवार्यताबारे निरन्तर, व्यवस्थित र योजनाबद्ध रूपमा जनसमुदायमा प्रचार गर्ने ।
(ख) मा.ले.मा.को आधारभूत सिद्धान्तको निर्देशनमा सबै खाले जडता, यान्त्रिकता र आत्मसमर्पणवादका विरुद्ध सशक्त विचारधारात्मक संघर्ष चलाउँदै वित्तीय एकाधिकार पुँजीवादका रूपमा प्रकट भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध प्रतिक्रान्तिका अनुभवहरूको समीक्षा सहित ‘२१औँ शताब्दीको नयाँ समाजवाद’ लाई नयाँ विचारको रूपमा विकसित र स्थापित गर्न जोड गर्नुपर्दछ ।
(ग) आजको साम्रज्यवादले स्थानीय स्तरमा गएर आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधन स्रोतदेखि हक र पहिचानमाथि हमला गरिरहेको कुरालाई स्पष्ट गर्दै व्यापक रूपमा स्थानीय सामुदायिक मोर्चा कायम गरी प्राकृतिक साधन, स्रोतमाथि स्थानीय जनसमुदायको अधिकार कायम गर्न तथा समुदायको आर्थिक, राजनीतिक र सांस्कृतिक पहिचान र अधिकार स्थापना गर्ने अभियानलाई तीव्रता दिनुपर्दछ ।
घ) राष्ट्रिय सीमा भत्कियो भन्ने नवउदारवादीहरूको प्रचारका विरुद्ध आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय एकताधिकार पुँजीवादको पक्षपोषण गर्ने, दलाल नोकरशाही पुँजीवादका विरुद्धको संघर्षलाई नयाँ उचाइमा उठाउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउनुपर्दछ ।
(ख) संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिक परिस्थिति
प्राकृतिक र भौगोलिक रूपले स्वच्छ एवं उर्वर भूखण्ड नेपालमा आदिम कालदेखि नै मानव सभ्यता र समाजको विकास भएको तथ्य वैदिक वाङ्मय, उपनिषद, साहित्य, त्रिपिटकहरू, सूत्रसहित एवं विभिन्न काव्य ग्रन्थहरूबाट मात्र होइन, अपितु आधुनिक वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भएका छन् ।