नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेस गरेका वैचारिक तथा राजनीतिक दस्ताबेजमा भोलि मंगलबारदेखि समूहगत छलफल हुने भएको छ। जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रचण्डले पेस गरेका दस्ताबेजबारे बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले भोलिदेखि छलफल हुने जानकारी गराए। प्रचण्डले पेस गरेका राजनीतिक दस्ताबेज र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेका विधान मस्यौदामाथि छलफलका लागि प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका नेतालाई अध्ययनका लागि दस्ताबेज दिइएको छ।



