गागलफेदीमा मृत अवस्थामा भेटिइन् एक महिला

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– १ गागलफेदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। गागलफेदीकी ३३ वर्षीया धनमाया लामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शव पोस्टमार्टमका लागि अस्पताल लगिएको जानकारी दिएका छन्। उनका अनुसार मृत्युको कारण खुलेको छैन। महिलालाई मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

सुझावित समाचार