नेपाली कांग्रेसको खस आर्यतर्फको सहमहामन्त्रीमा किशोर सिंह राठौर विजयी भएका छन् । उनी दुई हजार पाँच सय ७६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी देवराज चालिसले दुई हजार ५९ मत ल्याएका छन् ।
जम्मा चार हजार ६ सय ८८ मत खसेको थियो । राठौर सभापति शेरबहादुर देउवा प्यानलका हुन् भने चालिसे शेखर कोइराला पक्षका हुन् ।