नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले कांग्रेस रूपान्तरणको अभियान सुरु भएको बताएका छन्। आफ्नो जित समग्रमा कांग्रेसको जित भएको उनको प्रतिक्रिया छ। सानेपास्थित पार्टी कार्यालय परिसरमा बोल्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।
उनले सुन्दरीजलको माटो छोएर उम्मेदवारी घोषणा गरेको र त्यही माटो छोएर आगामी जिम्मेवारी लिने बताए। उनले अब कामको प्रतिस्पर्धा हुने बताए। रूपान्तरिक कांग्रेस बनाउने आकांक्षाको जितको रूपमा आफ्नो विजयलाई उनले अर्थ्याए।