ओलीले आफ्नो दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरे : प्रचण्ड

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले आफ्नो दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् ।

बुधबार ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने अभिव्यक्ति दिएपछि बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । प्रमाणित गर्न नसके ओलीले आफूसँग माफी माग्नसमेत चुनौती दिए । 

 केपी ओली झुट, बेइमान र धोकाको अर्काे नाम भएको प्रचण्डको भनाइ छ । आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको सेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको स्पष्ट पारेका छन् । 

See More On

सुझावित समाचार