कांग्रेसले १४औँ महाधिवेशनस्थल भृकुटीमण्डप बडारेको छ । पर्चा र पम्प्लेटले भरिएको महाधिवेशनस्थल भृकुटीमण्डप बुधबार बडारेको हो । प्रवक्ता विश्वप्रकाश शर्माको अगुवाइमा सोही स्थलको सरसफाइ भएको छ । ‘जहाँजहाँ कांग्रेस महाधिवेशन प्रचारका लागि राखिएका ब्यानर छन् । हामीले ती सबै हटाउने अभियान रहेकाले हामी सबै हटाउँछौं’ शर्माले भने ।



