कांग्रेस महाधिवेशन : सभापति पदको मतगणना राति साढे १० बजेबाट

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राति साढे १० बजेबाट सुरु हुने भएको छ । दोस्रो चरणको मतदान सकिएसँगै राति साढे १० बजेबाट गणना सुरु हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । 

दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान मंगलबार भएको हो । 

सुझावित समाचार