कांग्रेस महाधिवेशन : ३:४५ बजेसम्म १३ सय बढी मत खस्यो

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १,३६५ भन्दा बढी मत खसेको छ। ११ बजेदेखि सुरु भएको मतदानमा ३:४५ बजेसम्म उक्त मतदान भएको हो। कांग्रेस महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नयाँ नेतृत्वका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान भइरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभागृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थानमा ८५२ मत खसेको छ।

सुझावित समाचार