देउवा मतदानस्थलमा : फोटो खिच्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री तथा कांग्रेस सभापतिका उम्मेद्वार शेरबहादुर देउवा मतदानस्थलमा आइपुगेका छन् । देउवा मतदानस्थलमा आएपछि प्रहरी र निर्वाचन समितिले फोटो खिच्न नदिएपछि विरोधमा पत्रकारले क्यामेरा डाउन गरेका छन् । बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने कार्यतालिका भए पनि मतपत्र आउन ढिलाइ भएपछि मतदान ढिलो गरी सुरु भएको छ। मतदानस्थलमा देउवा आएलगत्तै फोटो खिच्न नदिइएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन्।

सुझावित समाचार