एमालेले लेखराज भट्टसहित सात नेतालाई प्रदेश इन्चार्जको जिम्मा दिएको छ। भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमालेले कर्णाली प्रदेश इन्चार्जको जिम्मा यामलाल कँडेललाई दिएको छ। गण्डकीमा पद्मा अर्याल र लुम्बिनी इन्चार्जको जिम्मा छविलाल विश्वकर्माले पाएका छन्।
बागमतीमा काशीनाथ अधिकारी, प्रदेश २ मा रघुवीर महासेठ र प्रदेश १ को इन्चार्जको जिम्मा देवराज घिमिरेलाई दिइएको छ।
बैठकले २३ पुसमा सबै जिल्लामा एकैसाथ अधिवेशन गर्ने निर्णय पनि गरेको छ। बैठकले ८ माघमा सातवटै प्रदेशमा अधिवेशन गर्न निर्देशन दिएको छ। जनसंगठनलाई फागुनभित्र अधिवेशन गर्न भनिएको पोखरेलले जानकारी दिए।