दाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

दाङको तुल्सीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तीनजनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन।

आइतबार अपरान्ह ४ बजेतिर तुल्सीपुर– ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो। गाडीको आफैँ ‘स्टार्ट’ बन्द भएर ब्रेक नलाग्दा दुर्घटना भएको हो। रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो।  जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। 
 
 

सुझावित समाचार