कांग्रेसका १३ पदाधिकारीमा ३९ नेताको उम्मेदवारी (नामावलीसहित)

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसको नयाँ नेतृत्वका लागि १३ पदाधिकारीमा ३९ नेताको उम्मेदवारी दर्ता भएको छ।  शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । विमलेन्द्र निधि पक्षबाट पनि उपसभापति र महामन्त्रीमा उम्मेदवारी परेको छ । 

सभापति एक, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३४ सदस्य पदका लागि शनिबार मनोनयन दर्ता भएको हो । 

सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । 

उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् । 

महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । 

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्र चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन् ।

खुला केन्द्रीय सदस्यमा मात्र १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुझावित समाचार