कांग्रेसको १४औँ महाधिवेशन आजबाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभागृहमा आजैबाट सुरु हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनमा देशभरबाट चार हजार सात सय ४३ प्रतिनिधि सहभागी रहेका निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए। सहभागी प्रतिनिधिले नै नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा आफ्नो मत दिनेछन्।