कांग्रेस महाधिवेशन : बन्दसत्र आजै सुरु हुने

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्दसत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटनसत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए। बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ। कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशनमा ४,७४३ मतदाता संख्या कायम गरेको छ। भोटरलिस्ट प्रकाशन हुन लागेको समितिले जनाएको छ।    

सुझावित समाचार