नेपालमा राजतन्त्रको सम्भावना छैन, राजाले व्यापार गरेर बसे हुन्छ : अध्यक्ष नेपाल

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य र सम्भावना नभएको बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपालले राजतन्त्र ल्याउने दुष्साहस कसैले नगर्न चेतावनी दिए।

‘त्यस्तो भयो भने नेपाली जनता ज्वालामुखीझैँ विस्फोटको रूपमा अघि बढ्छन्। बरु राजाले पार्टी खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ,’ नेपालले भने। अब सबै मिलेर लोकतन्त्रको रक्षा, आर्थिक समृद्धि, सामाजिक समानताको यात्रामा अघि बढ्नुपर्ने उनको धारणा छ।

आर्थिक रूपान्तरणको काम बाँकी रहेको उल्लेख गर्दै उनले त्यसतर्फ दलहरूले ध्यान दिनुपर्ने औँल्याए। ‘हामीले कुरा धेरै गरेका छौँ, काम कम गरेका छैनौँ। अब काम गरेर देखाउनुपर्छ,’ नेता नेपालले भने, ‘जनता विरक्तिएको कुरालाई केलाएर हेर्नुपर्छ।’ देशमा प्रतिगामी तत्वहरू बढेको बताउँदै उनले त्यसमा सजग हुनेपर्ने बताए।

सुझावित समाचार