थापाथलीमा कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइ गम्भीर घाइते

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

थापाथलीमा कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइजना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको गाडिले  त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको छ । 

गाडिको ठक्करबाट स्कुटरमा सवार दुइजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । आज विहान करिब पौने ६ बजे तिर उक्त दुर्घटना भएको हो । 

थापाथली र त्रिपुरेश्वरको विचमा रहेको ट्राफिक प्रहरी कार्यालयको अगाडि उक्त दुर्घटना भएको हो । ठक्करबाट स्कुटीको अगाडिको आधाभन्दा बढी भाग गाडिभित्र छिरेको छ । 

सुझावित समाचार