नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कार्यकर्तालाई नेता सिंहको आग्रह

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। हेटौँडामा कांग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै उनले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेको भन्दै नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गरे। ‘नेतृत्व चयन गर्दा होस नपुर्याउने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने’, उनले भने,‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ। नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनुपर्दछ।’

कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए । उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुईतिहाई त कांग्रेसले पाउनुपर्ने हो । तर कम्युनिस्टहरूले प्राप्त गरे।’

सुझावित समाचार