ग्वादर क्षेत्रमा विरोध प्रदर्शन

बुधबार, १५ मंसिर, २०७८
डिजिटल संस्करण

माछा बिक्री गरेर गुजारा चलाउनेहरूको आयआर्जन खोसिएको भन्दै पाकिस्तानको बलुचिस्तानस्थित ग्वादर क्षेत्रका केही बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । सीमा क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइँदा आममानिसको जीविकोपार्जन खोसिएको उनीहरूको आरोप छ ।

सोमबारदेखि ग्वादर क्षेत्रमा समाजका विभिन्न तप्काले मक्रानलगायतका क्षेत्रमा प्रधानमन्त्री इमरान खानविरुद्धसमेत प्रदर्शन गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

ग्वादर जिल्लाका तुरबात, ओरमारा, जेवानी,  पासनीलगायतका क्षेत्रबाट आएका मानिस विरोध प्रदर्शनमा उत्रेका थिए । ग्वादरलाई अधिकार देऊ भन्ने प्लेकार्डसमेत उनीहरूले प्रदर्शन गरेका थिए । 

समाचारपत्र डनका अनुसार अघिल्लो महिनामा पनि ग्वादर तथा तुरबात क्षेत्रका बासिन्दाले आधारभूत खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी माग्दै ती क्षेत्रमा प्रदर्शन गरेका थिए ।

यसैबीच, पाकिस्तानी संसद्को योजना तथा विकास समितिले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) परियोजनामा अपेक्षाकृत प्रगति नभएको भन्दै चासो व्यक्त गरेको छ।

सुझावित समाचार