मन्त्री पौडेलद्वारा सार्वजनिक विद्यालयको अनुगमन, शिक्षाको सुधारमा जोड

बुधबार, १५ मंसिर, २०७८
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्। मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्दै कक्षाकोठामा भइरहेको शिक्षण सिकाइबारे शिक्षक र विद्यार्थीसँग अन्तर्क्रिया गरे।

मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयको अनुगमनको काम सुरु गरेको जानकारी दिए। उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए। मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकलाई आग्रह गरेका छन्।

‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाइ र शिक्षण सिकाइसँग सम्बन्धित आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने गरी हामी हामी अगाडि बढ्छौँ र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी–कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिहरू छ कि छैन ? सिकाइको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुरालाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौँ,’ मन्त्री पौडेलले भने।

सुझावित समाचार