पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको छ। अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको अगुवाइमा संगठनले घन्टाघर चोकमा शनिबार प्रदर्शन गरेको हो।

अनेरास्ववियुका विद्यार्थी नेताहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै 'प्रधानमन्त्री देउवा मुर्दावाद,'  ‘नाफाघाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ,' 'जनतामारा सरकार मुर्दावाद’ जस्ता नाराहरू लगाएका थिए।

प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी, हेमन्त तामाङ, नेपाल खेलकुदका केन्द्रीय सचिव रामकिशोर सिंह पराग, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, सुजित मण्डललगायतको सहभागिता रहेकोे थियो।

सुझावित समाचार