टोपबहादुर पुनको हत्या आरोपमा रेशम थापा पक्राउ

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्तीनिवासी २० वर्षीय  टोपबहादुर पुनको हत्याको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । 

घरनजिकैको जंगलमा लुकिछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खिमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरूको नाममा किटानी जाहेरीसमेत दिएका छन् । 

गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रयोग गर्दा पुनको मृत्यु भएको थियो । हत्यारालाई कानुनी दायरामा नल्याउँदासम्म पीडितहरूले शव नबुझ्ने बताएका छन् । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । 
 

See More On

सुझावित समाचार