गुल्मीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिका– ८ किसानटारीमा बाटो काट्ने क्रममा दुई वृद्धालाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु भएको छ । अर्का एक वृद्धा घाइते भएकी छिन् । 
दुर्घटनामा मालिका गाउँपालिका– ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको छ । सोही गाउँकै ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । 

तम्घास सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु ५५ प ९७५७ नम्बरको मोेटरसाइकलले वृद्धाहरूलाई ठक्कर दिएको थियो । ठक्करपछि जमुनाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो । 

घाइते वृद्धालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ । मोटरसाइकलचालक मालिका गाउँपालिका– ८ मर्भुग दँगासका २७ वर्षीय ललित पौडेल फरार छन् । उनको खोजीकार्य भइरहेको पाण्डेयले बताए ।
 

सुझावित समाचार