प्रधानन्यायाधीशले भने– प्रश्न उठेका सबैले निकास दिए राजीनामा दिन तयार छु

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सडक र बाहिरबाट राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन्। १५ न्यायाधीशसँगको भेटमा जबराले  सडक र बाहिरबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने बताएका छन्। 

फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामा दिन तयार रहेको उनले भेटमा बताएका थिए। ‘म संवैधानिक तवरले नियुक्ति भएको हुँ। निकास दिने भए सबैले निकास दिऊँ,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनले बताएका थिए।

सुझावित समाचार