वासस्थान गुमाएकालाई ५० हजार दिने सरकारको निर्णय

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले वासस्थन भत्किएर बिचल्ली भएकाहरूलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद भएको बताउँदै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको बताए ।

उनले बुधबार मध्याह्नसम्म ५२ जनाको निधन भएको र २० वटा घरमा पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

सुझावित समाचार