मन्त्री छान्न पौडेल समूहको बैठक

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

आफ्नो कोटाबाट मन्त्री छान्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नोतर्फबाट मन्त्री बन्ने नेताको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो। संस्थापनइतर समूहले तीन मन्त्रालय पाउने गरी सहमति भएको कांग्रेस स्रोतको भनाइ छ। एक मन्त्री भने कृष्ण सिटौला पक्षले पाउनेछ। 

कांग्रेसले पाउने आठ मन्त्रालयमध्ये यसअघि तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिइसकेका छन्। पौडेल समूहबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ। 

See More On

सुझावित समाचार