इँटा बोक्ने ट्रकमा राखेर पटका तस्करी

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

पटका तस्करले इँटा बोक्ने ट्रकमा लुकाएर उपत्यकामा पटका भित्र्याउने गरेको खुलेको छ । गोठाटारमा भण्डारण गरेर राखिएको दुई हजार किलो पटका एकै ठाउँबाट बरामद भएपछि यो तथ्य बाहिरिएको हो । 

सर्लाही रामनगर– का ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पटकासहित पक्राउ गरेको थियो । उनले पटका भारतबाट ल्याएर इँटा बोक्ने ट्रकमा राखी काठमाडौं भित्र्याउने गरेको बयान प्रहरीलाई दिएका छन् । 

‘पटका लुकाई राखिएको सूचना आयो । हामीले निगरानीमा राख्यौँ । दुई हजार किलो पटका बरामद गर्यौं  । इँटा बोक्ने ट्रकमा लुकाएर पटका ल्याउने गरेको रहेछ । नागढुंगा नाकाबाटै पटका भित्र्याएको देखिन्छ,’ महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘विस्फोटक पदार्थ ऐनअन्तर्गत कारबाही गर्ने योजना बनाएका छौँ ।’ आवरणमा कवाडी पसल सञ्चालन गर्ने यादवले पसलकै गोदाममा पटका लुकाएर राखेका थिए । 

See More On

सुझावित समाचार