नेकपा एमालेमा उपमहासचिव राखिने भएको छ। यसअघि पेस गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पदको व्यवस्था खारेज गरिएको थियो। यस्तै वरिष्ठसहित उपाध्यक्ष पाँचजना राखिने भएको छ।
समूह छलफलको जवाफ दिने क्रममा विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था नफेरिने बताए। जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव रहने उनले हलमा बताए। कोषाध्यक्ष राख्ने विषयमा भने उनले आर्थिक विभागले नै त्यसलाई हेर्ने बताए।