राइनासमा स्थगित कांग्रेसको निर्वाचन आज हुने

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत असोज ९ गते स्थगित राइनास नगरपालिकाको निर्वाचन आज हुने भएको छ। पालिका अधिवेशनका क्रममा राइनासमा मतपत्रमा त्रुटी भएपछि मतदान स्थगित भएको थियो ।

मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । उक्त नगरपालिकामा नगरसभापतीका लागी नुरराज कडरीया र श्रीकृष्ण पौडेलबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए । लमजुङको ८ स्थानीय तहमध्ये चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको थियो ।
 

सुझावित समाचार