टानको नयाँ वेबसाइट सञ्चालनमा

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार काठमाडौंस्थित टानको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच अध्यक्ष खुमबहादुर सुवेदीले taan.org.np  डोमेन रहेको वेबसाइटको उद्घाटन गरेका हुन्।

वेबसाइटको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले टानको विगतका वेबसाइट सूचना कम दिने खालको भएकाले बढीभन्दा बढी सूचना तथा जानकारीहरू दिन सकियोस् र टानमा आबद्ध सदस्य एजेन्सीहरूले छिटो छरितो रूपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेसन गर्न सकून् भन्ने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको बताए। उनले यस वेबसाइटमार्फत सदस्य एजेन्सीहरूले प्याकेज बेच्न, अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने बताए।

अध्यक्ष सुवेदीले टानको वेबसाइटमार्फत विदेशीहरूलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास व्यक्त गरेका छन्। आवश्यक पर्ने सबै सूचना तथा जानकारीहरू अटाउने आफूहरूको प्रयास रहेको उनले बताए।

सुझावित समाचार