एमालेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव सुझाबसहित सर्वसम्मतिले पारित

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

एमालेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव सुझाबसहित सर्वसम्मतिले पारित भएको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले  विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझाबसहित सर्वसम्मतिले पारित गरेको हो । 

तीनवटै प्रतिवेदन पारित भएसँगै एमालेको बैठक सकिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सुझावित समाचार