तालिबानविरुद्ध प्रतिबन्धका बाबजुद अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने

शनिबार, ९ असोज, २०७८
डिजिटल संस्करण

तालिबानमाथिको आर्थिक प्रतिबन्धले अफगानिस्तानमा जारी मानवीय संकट थप गहिरिने चिन्ता बढीरहँदा अमेरिकाले अफगानिस्तानलाई सहायता गर्ने बाटो खुला भएको छ। अमेरिकी ट्रेजरी विभागले अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न मार्गप्रशस्त गरेकाे अलजजिराले जनाएको छ।

‘अफगानिस्तानका नागरिकको आधारभूत आवश्यकता र मानवीय सहायता प्रवाहलाई सुविधाजनक बनाउन ट्रेजरी विभाग प्रतिबद्ध छ,’ विभागले अनुज्ञापत्र जारी गर्दै भनेको छ ।

विभागले जारी गरेको अनुज्ञापत्रले अमेरिकी सरकार, गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघलगायतका केही निश्चित अन्तर्राष्ट्रिय संगठनलाई मानवीय सहायता उपलब्ध गराउन तालिबान वा हक्कानी समूहसँग लेनदेन गर्ने अनुमति प्रदान गरेको छ।

त्यसैगरी, विभागले अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका वस्तुहरू निर्यात र पुनः निर्यात गर्नसमेत अनुमति प्रदान गरेको बताइएको छ ।
 

सुझावित समाचार