सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको बताएको छ। स्यानिटरी प्याड आयातमा आ.व. ०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको त्यस्तै कायम राखिएको अर्थ मन्त्रालयले प्रेस नोट जारी गर्दै स्पष्ट पारेको छ ।
वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न सरोकारवाला सबैमा मन्त्रालयले अनुरोध गरेको छ। स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायमसमेत मन्त्रालयले बताएको छ ।
‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौँ,’ मन्त्रालयको प्रेस नोटमा भनिएको छ ।
सरकारले भन्यो : स्यानिटरी प्याडको भन्सार महसुल बढेको छैन
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…
संयुक्त राष्ट्रसंघका एआई विज्ञ नेपालमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्…
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
काठमाडौं/ सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट बनेका …
आजका मुख्य १० खबर
एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्क…
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…