लमजुङ प्रहरीद्वारा लागुऔषधका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध (ब्राउन सुगर) मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको बेँसीसहर नगरपालिका ७ बस्ने वर्ष ३२ का रवीन्द्र घलेलाई सोमबार बेँसीसहर नगरपालिका ७ बाट लुकिछिपी बसेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो । 

पक्राउमा परेका रवीन्द्र घलेलाई ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना  हुने गरी फैसला भएको थियो । पक्राउ परेका घलेलाई सोमबार जिल्ला अदालत लमजुङमा पेस गरी  कैदभुक्तानको लागि कारागार चलान गरिएको छ ।
 

सुझावित समाचार