पेस्तोल लुकाएर राखेको आरोपमा दुई पक्राउ

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

हतियार तथा खरखजाना आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ कानेपोखरी– ६ स्थित शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरालाई एक थान पेस्तोल र चार राउन्ड गोली लुकाएर राखेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी मोरङका अनुसार हतियार लुकाएर राखेको सूचना पाएपछि प्रहरीले मंगलबार राति खानतलासी गर्दा क्षत्रीको घरबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने चार थान गोली फेला पारेको थियो । 

अनुसन्धानका क्रममा हतियार लुकाउनेमा आरोपी पाइएपछि प्रहरीले बोहरालाई पनि पक्राउ गरेको हो । दुबैलाई इलाका प्रहरी कार्यालय पथरीले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराएको छ ।

सुझावित समाचार