नेकपा एकीकृत समाजवादी रोजेपछि खनालले दिए मन्त्रीबाट राजीनामा

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका सामाजिक विकासमन्त्रीबाट कृष्ण शर्मा खनालले राजीनामा दिएका छन् । मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी राेज्दै सनाखत गरेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

२ भदौमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्री बनेका खनालले त्यसबखत नै आफू एकीकृत समाजवादीमा रहने बताएका थिए । उनले शाक्यले एकीकृत समाजवादीतर्फ रहने बताए पनि मन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले आफूले एकीकृत समाजवादी रोजिसकेकोले मन्त्री पदबाट राजीनामा गरेको प्रतिक्रिया दिए । 
 

सुझावित समाचार